२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै छोराले गरे बाबुको हत्या, छोरा पक्राउ



अ+ अ-

काठमाडौँ । घरायसी विवादका कारण बिहीबार राति आफ्नै छोराले बाबुको हत्या गरेका छन्।

विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीका २२ वर्षीय चुनु मण्डलले छुरा प्रहार गर्दा बुबा शशी मण्डलको मृत्यु भएको हो। उनले दाजुलाई समेत छुरा प्राहर गरि घाइते बनाएका हुन् ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका शशीको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा रातीनै करिब १० बजे मृत्यु भएको प्रहरी जनाएको छ।

मादक पदार्थ सेवन गरेका चुनुले दाजूभाईबीच भएको विवाद बढेपछि बाबुलाई छुरा प्राहर गरेको अनुसन्धानमा खुलेको प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। घटना लगत्तै फरार भएका चुनुलाई प्रहरीले भारतको सीमा क्षेत्रबाट शुक्रबार बिहान पक्राउ गरि घटनाबारे थप अनुसन्धान गरिरहेको छ।