२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात करोड लगानीमा सुविधासम्पन्न रिसोर्ट



अ+ अ-

परासी। पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । रु सात करोडको लगानीमा स्थानीय व्यवसायी कृष्ण नारायण श्रेष्ठले ‘नेचर रे रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याउनुभएको हो ।

जिल्लाकै सुविधासम्पन्न मानिएको सो रिसोर्टमा एक हजार व्यक्ति अट्ने एसीसहितको सुविधायुक्त हल निर्माण गरिएको छ ।

यसैगरी एसी बैङ्क्वेट हल, सम्मलेन हलसहित रिभर साइट ओपेन रेष्टुरेण्ट, गार्डेन साइड ओपेन रेष्टुरेण्ट, हिल साइड रेष्टुरेण्ट, ११ वटा एसी डिलक्स कक्ष, सांस्कृतिक घरलगायतका सुविधा रहेको रिसोर्टका प्रबन्धक नवीन्द्र बस्यालले जानकारी दिनुभयो ।

बाह्र कठ्ठा जग्गामा स्थापना गरिएको सो रिसोर्टमा स्विमिङपुल र चाइल्ड स्यालाडिङ पार्क केही दिनमै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

रिसोर्टको विहीबार प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । पछिल्लो समय भूमही क्षेत्रमा होटल तथा रेष्टुरेण्ट स्थापना हुने क्रम बढ्दो छ । रासस

 




भर्खरै