२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबम विस्फोटमा परी पाँचको मृत्यु



अ+ अ-

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुनजिकै बिहीबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य १५ जना घाइते भएका एक सुरक्षा स्रोतले जानकारी दिएको छ ।

पाँच जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका पुष्टि भएको सुरक्षा अधिकारी मोहम्मद अब्दिल्लाहीले एएफपीलाई बताउनु भएको छ ।  

आक्रमणको कारण थाहा नभएको सुरक्षा स्रोतले जानकारी दिएको छ । मोगादिसुको आमिन एम्बुलेन्स सेवाका निर्देशक अब्दिकादिर अब्दिरहमानले ट्वीटरमा भग्नावशेषको तस्बिर साझा गर्दै बम विष्फोटलाई दुःखद घटना भएको बताउनु भएको छ ।

उक्त विस्फोटको जिम्मेवारी तत्कालै कसैले लिएको छैन, तर जिहादी अल–शबाब समूहले मोगादिसुमा यसअघि पनि यसप्रकारको आक्रमणहरु गराउँदै आएको हुनाले बिहीबार भएको आक्रमण पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ । (रासस-एएफपी)