२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्याकाण्ड बारे पूर्व एआईजी सुवेदीको सनसनीपूर्ण खुलासा, अनुसन्धानमा उच्च तहबाटै दबाब



अ+ अ-

काठमाडौं । कञ्चनपुर बलात्कार र हत्या काण्डमा प्रहरीले निर्दोष व्यक्तिलाई फसाउन खोजेको आरोप लागेकै समयमा प्रहरीका अवकाशप्राप्त वरिष्ठ अधिकृतले उच्च राजनीतिक तहबाटै प्रहरी अनुसन्धान प्रभावित पार्न दबाब दिने गरेको भेद खोल्नु भएको छ ।

पूर्व एआईजी देवेन्द्र सुवेदीले माईक्रो ब्लगिङ साईट ट्वीटर मार्फत घटना अनुसन्धानमा मुलुकको कार्यकारीबाटै दबाब आउने रहस्य सार्वजनिक गर्नु भएको हो । कञ्चनपुर काण्डमा प्रहरी अनुसन्धानमाथि प्रश्न गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ट्वीटमा जवाफ दिर्दै पूर्व एआईजी सुवेदीले भट्टराईले नै ६ बर्ष अघि निर्दोष ब्यक्तिलाई फसाउन निर्देशन दिएको आरोप लगाउनुभएको हो ।

भट्टराई प्रधानमन्त्री हुँदा २०६९ मा राजधानीको अनामनगरस्थित कृष्ण प्रसाईँको ५ तले घरमा काम गर्ने ३१ वर्षिया सरस्वती सुवेदी दिउँसो घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीको अनुसन्धानले सो घटना आत्महत्या भएको देखाएको थियो । तर महिला अधिकारकर्मीहरूले प्रहरीको अनुसन्धानमा प्रश्न गर्दै आवाज उठाएपछि तथा परिवारले शव बुझ्न अस्वीकार गर्दै दोर्होयाएर पोस्टमार्टम गर्नुपर्ने बताएका थिए ।

दोस्रो पटक पोस्टमार्टम गर्दा पनि झुण्डिएर मृत्यु भएको नै रिपोर्ट आएको थियो । तत्कालिन प्रधानमन्त्री भट्टराईले आइजीलाई ठाडो निर्देशन दिएर एक एसएसलसी दिँदै गरेका किशोर र उनका बाबुआमालाई फसाएको पूर्वएआइजी सुवेदीले आरोप लगाउनुभएको हो । सो समय प्रहरीको कमाण्ड कुवेरसिंह रानाको हातमा थियो । समाचार कान्तिपुरमा छ ।