२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सासंद मोहन आचार्यले गरे दुई विद्यालयको हस्तान्तरण



अ+ अ-

रसुवा । सासंद मोहन आचार्यले  कुण्डगाउँपालिका वडा नं ३ पाटिखर्कमा आयोजित एक कार्यक्रममा दुप्चेश्वरी आधारभुत बिद्यालय र नमूना आधारभूत विद्यालयको हस्तान्तरण गर्नु भएको छ।

२०७२ सालको भुकम्पमा ध्वस्त भएको सो बिद्यालय भवन गैरसरकारी संस्था रिकाडो मन्सानारिको आर्थिक सहयोग तथा एसीया अनलुस र कृषिबन प्रतिष्ठानको प्राबिधिक सहयोगमा निर्माण सम्पन्न भएको हो।
वैशाख १२ गतेको विनाशकारी भूकम्पले विद्यालयका सबै कक्षामा पूर्णक्षति भएपछि २ सय ४८ जना विद्यार्थीहरु अस्थायी टहरामा बसेर पढ्न बाध्य थिए।
विद्यालयलाई नयाँ भवन सहित सहायता सामग्री प्राप्त भएकाले शिक्षहरुमा मनोबल वृद्धि हुनाका साथै विद्यार्थीमा पनि पढ्ने उत्साह बढेको विद्यालयका प्रधान अघ्यापक दावा तामाङले बताउनुभयो । विद्यालयमा अहिले पक्की भवन निर्माण भएसँगै विद्यार्थी दङ्ग परेका छन् ।
एक करोड पचहत्तर लाख रुपैयाँको आर्थिक लगानीमा बनेको दश कोठे दुईवटा पक्कि भवन सहितको संरचनाका साथै अन्य भौतिक सामग्री समेत सासंद आचार्यले विद्यालय प्रशासनलाई हस्तान्तरण गर्नु भएको हो।