२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल एक्सचेञ्ज मेलासँगै ल्यापटप, क्यामेरा तथा एप्पलका ग्याजेट्स किस्ताबन्दीमा



अ+ अ-

काठमाडाैं, १९ मंसिर । ग्याजेट पारखीहरुले किस्ताबन्दीमा आफूलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने भएका छन् । सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले मंसिर २० गतेदेखि सञ्चालन गर्ने मोबाइल तथा ल्यापटप मेलामा यस्तो सुविधा दिने भएको हो ।

मोबाईल एक्सचेञ्जज अफरका साथै एएउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर मेलाको आकर्षण बन्ने मोबाइल हबले जनाएको छ । ९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ ।

‘मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ ।’ सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले भने । ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा ,र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।’

मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निशुल्क पार्किगंको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्नेछ ।

मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् । मंसिर २० गते सुरु हुने मेला १५ दिनसम्म चल्नेछ ।

सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस ,नोकिया ,कलर्स, एम आई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई , डेल र एप्पलका ल्यापटप, म्याकबुक आईप्यड मोबाइल हबको आकर्षण हुन् ।




भर्खरै