२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य रु ६०० ले वृद्धि



अ+ अ-

काठमाडौँ, १८ मङ्सिर: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज रु ६०० ले बढेर प्रतितोला रु ५८ हजार ३०० मा कारोवार भएको छ ।

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ ।

आइतबार प्रतितोला रु ५७ हजार १०० मा कारोवार भएको तेजावी सुन आज रु ९०० ले बढेर रु ५८ हजारमा कारोवार भएको छ ।

केही दिन स्थिर रहेको चाँदी आज रु २० ले बढेर रु ७२० मा कारोवार भएको छ ।

महासङ्घले आज १० ग्राम सुनको मूल्य रु ४९ हजार ९८५ कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको रु ६०९ कायम भएको छ ।