२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान



अ+ अ-

बागलुङ, १५ मङ्सिरः साहित्यकार बाजुराम पौडेललाई ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गरिएको छ ।

धवलागिरि साहित्य प्रतिष्ठानद्वारा आज आयोजित पुरस्कार समारोहमा पौडेललाई उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले रु १५ हजारसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतिष्ठानले वर्ष २०७४ को उक्त पुरस्कार शर्माको महाकाव्य ‘शान्ताश्री’ का लागि प्रदान गरेको हो । काठमाडौँ निवासी साहित्यकार पौडेलले पुरस्कारले उत्प्रेरणा थपेको प्रतिक्रिया दिनुभयो । न्यायाधीश शिवाकोटीले पुरस्कार र सम्मानले साहित्यकारलाई थप दायित्व बोध गराउने धारणा राख्नुभयो ।

प्रतिष्ठानले प्रत्येक दुईदुई वर्षमा राष्ट्रियस्तरमा साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । साहित्यकार पौडेलसँगै हालसम्म १४ जना साहित्यकारले पुरस्कार पाइसकेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । पाण्डुलिपीलाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानले विसं २०७२ देखि प्रकाशित कृतिलाई पुरस्कृत गर्न शुरु गरेको हो ।

पुरस्कारका लागि देशभरबाट प्राप्त कृतिमध्येबाट निरुपण मण्डलले कवि पौडेलको महाकाव्यलाई छनोट गरेको थियो । पुरस्कृत साहित्यकार पौडेलका ‘सिर्जना फस्टाउनुपर्छ’ (खण्डकाव्य), ‘बाजुरामका कविता’ (कविता सङ्ग्रह) लगायतका कृति प्रकाशित छन् । उहाँ अभिनव साहित्य समाज, कपन साहित्य समाज, रमेश विकल साहित्यिक प्रतिष्ठानलगायतका साहित्यिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ ।

साहित्यसेवी सम्मानित

प्रतिष्ठानले भाषा, साहित्यको सेवामा क्रियाशील पाँच जनालाई सम्मानसमेत गरेको छ । विगतमा प्रतिष्ठानको प्रबन्ध समितिमा बसी योगदान पु¥याउनुहुने त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक लक्ष्मीप्रसाद शर्मा, डा षडानन्द पौडेल, उपप्राध्यापक डा साधना प्रतिक्षा, मुक्तराज उपाध्यक्ष र हाल समितिमा क्रियाशील वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेलललाई सम्मान गरिएको हो ।

सोही समारोहमा वरिष्ठ अधिवक्ता पौडेलको व्यक्तित्व र योगदान झल्काउने पुस्तकसमेत विमोचन गरिएको थियो । प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकको धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक गणेशप्रसाद शर्मा र पुरस्कृत महाकाव्य ‘शान्ताश्रीमाथि’ सहप्राध्यापक हरिप्रसाद गौतमले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो ।