२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधान संशोधन मस्यौदाको छलफलमा काङ्ग्रेस



अ+ अ-

 

काठमाडौँ, १३ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि आजदेखि छलफल शुरु गरेको छ ।

मुलुक सङ्घीय संरचनामा गएपछि नयाँ बनेको संरचनाअनुसार पार्टीलाई लैजाने उद्देश्यका साथ विधान संशोधन समितिले तयार पारेको मस्यौदामाथि छलफल शुरु भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको हो ।

पार्टीको मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन काङ्ग्रेस छलफलमा जुटेको हो । पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ ।

यही मङ्सिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएपछि आजको बैठक बोलाइएको हो । मङ्सिर ९ गतेको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेश गरेको थियो ।

काङ्ग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत संशोधनका लागि प्रस्ताव गरिएको मस्यौदामाथि दफावार छलफल गरिने बताउनुभयो । “संशोधित मस्यौदाबाहेक राजनीतिक, आर्थिक र सङ्गठन प्रस्ताव बारेसमेत छलफल हुनेछ,” उहाँले भन्नुभयो । सबै प्रस्तावमाथि छलफल गरेर तोकिएको समयभित्र महासमिति बैठक सक्नेगरी गृहकार्य गरिरहेको उहाँको भनाइ थियो ।

आजको बैठकमा प्रस्तावित विधानबारे केन्द्रीय सदस्यहरु डा रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी र प्रदीप पौडेलले आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा बोल्ने नेताहरुले गाउँको कार्यकर्ताको भावनालाई समावेश गरेर विधान संशोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो । काङ्ग्रेस नेता प्रदीप पौडेलले पार्टीमा युवालाई समावेश गर्नेगरी विधान संशोधन गर्नुपर्ने विचार राख्नुभएको थियो ।

संशोधन हुन लागेको विधानबारे छलफल गर्न बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।