२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा ट्रम्प र प्रधानन्यायाधीशबीच भनाभन



अ+ अ-

अमेरिकाका प्रधानन्यायाधीश जन रोबर्ट्सले एउटा असाधारण कदम चाल्दै राष्ट्रपति डोनल्ड ट्रम्पको सार्वजनिक रूपमा आलोचना गरेका छन्।

ट्रम्पले एक सङ्घीय न्यायाधीशले आफ्नो आदेशविपरीत फैसला गरेको झोकमा उनलाई ‘ओबामा पक्षधर’ को सङ्ज्ञा दिएपछि प्रधानन्यायाधीश रोबर्ट्सले उनको आलोचना गरेका हुन्।

आप्रवासीसम्बन्धी आफ्नो नीति उल्ट्याउने गरी फैसला भएकोमा राष्ट्रपति ट्रम्पले ती न्यायाधीश ओबामा पक्षधर भएको आरोप लगाएका थिए।

तर उनको त्यस्तो आरोपको अमेरिकाको सर्वोच्च अदालतका प्रमुखले कडा प्रतिक्रिया दिए।

राष्ट्रपति ट्रम्पको विरोधमा प्रधानन्यायाधीशले प्रतिक्रिया दिएको यो पहिलो पटक हो।

उनले समाचार संस्था एपीसँग कुरा गर्दै न्यायालयमा कोही ओबामा वा ट्रम्प पक्षधर न्यायाधीश नरहेको जनाए।

तर प्रधानन्यायाधीश रोबर्ट्सले न्यायपालिकामा कोही कसैको पक्षधर न्यायाधीश नभएको भनी आलोचना गरेपछि पनि राष्ट्रपति ट्रम्पले आफ्नो टिप्पणीको बचाउ गर्दै प्रधानन्यायाधीश गलत भएको ट्वीट गरेका छन्।

उनले ‘ओबामा न्यायाधीशहरू’को दृष्टिकोण देशको सुरक्षाको नेतृत्व गर्नेहरूकोभन्दा निकै फरक भएको उल्लेख गरेका छन्।