२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको राशिफल – २०७८ मंसिर ९ गते, बिहीबार



अ+ अ-

२०७८ मंसिर ९ गते, बिहीवार, २५ नाेभेम्बर २०२१। मार्ग कृष्णपक्ष षष्ठी तिथि। तिष्य नक्षत्र, १५ः४४ बजेदेखि अश्लेषा। चन्द्रराशि– कर्कट।

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय छ, सजग रहनुपर्ला। लगनशील बन्नेहरूलाई दिगो फाइदा हुन सक्छ। टाढिएका आफन्तजन नजिकिनेछन्। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अवसर प्राप्त भए पनि भेटघाटले अलमल्याउन सक्छ। पहिरन र खानपानले केही खर्च पनि बढाउला। प्रयत्न गर्दा काम भने बनाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। सामाजिक दायित्व बढ्नेछ। खानपानको असावधानीले स्वास्थ्यमा बाधा हुन सक्छ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पछिका लागि केही वस्तु त्याग्नुपर्ला। खर्चिलाे काममा लगानी गर्नुपर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। तर, विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा उठाउन नसकिएला।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।   

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्ने समय छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ। केही काम दोहोर्याउनुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउला। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि अलि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। तापनि मिहिनेत गर्दा नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।