२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धि र विकास मुलुकको मुख्य कार्यभार: सहमहामन्त्री डा महत



अ+ अ-

बर्दिवास, (रासस) – नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले समृद्धि र विकास मुलुकको अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ ।

आज महोत्तरीको भङ्गाहा नगरपालिका सीतापुर बजारमा पार्टी नगर समिति कार्यालयको उद्घाटन गर्दै डा महतले राजनीतिक पद्धतिले लोकतान्त्रिक पद्धति अँगालेपछि अब आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताउनु भयो ।

मुलुकको यो कार्यभार नेपाली काङ्ग्रेसले बुझेको र काङ्ग्रेसले नै यस अभियानको नेतृत्व गर्न सक्ने डा महतको भनाइ थियो ।

भौगोलिक, सांस्कृतिक र धार्मिक विविधताको नेपालका लागि यिनै पक्ष समृद्धिका आधार हुने डा महतले बताउनुभयो । सगरमाथा, जनक, जानकी, लुम्बिनी, मुक्तिनाथ र पशुपतिनाथ जस्ता फरक÷फरक भूगोलका सांस्कृतिक धरोहर मुलुकको पहिचान भएका र यिनै पहिचानलाई मुलुकको समृद्धि अभियानसँग जोड्नुपर्ने डा महतको भनाइ थियो ।

मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति काङ्ग्रेसको विचार मात्र नभई जीवन पद्धति नै भएको डा महतले बताउनुभयो । “लोकतन्त्र काङ्ग्रेसको जीवन पद्धति हो”, डा महतले भन्नुभयो, “कम्युनिष्ट लोकतन्त्रको उपयोग गर्छन्, काङ्ग्रेस लोकतन्त्रको उपयोग हैन, जीवनको अभिन्न पद्धति ठान्दछ ।”

समारोहमा काङ्ग्रेस केन्द्रीय सदस्यहरु किरण यादव र महेन्द्र यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।