२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकारकर्मी पद्मरत्न तुलाधर रहेनन्



अ+ अ-

काठमाण्डौ, १८ कार्तिक ।

मानवअधिकारकर्मी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको अाइतबार दिउँसो निधन भएको छ ।

कार्तिक ९ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका तुलाधरको आज दिउँसो निधन भएको हो । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट रेफर गरी तुलाधरलाई नर्भिकमा भर्ना गरिएको थियो ।

मस्तिस्कघात भएपछि तुलाधरलाई अस्पताल भर्ना गरिएको थियो । ७८ वर्षीय तुलाधरको पौने एक बजे निधन भएको उनका ज्वाईं गौरी प्रधानले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।

तुलाधरमा मुटुको समस्या पनि थियो । मुुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो ।

त्यस्तै उच्च रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित उनमा पछिल्लो समय फोक्सोमा पनि समस्या देखिएको थियो ।

मष्तिस्कघात भएर कात्तिक ९ गते अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका उनलाई मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो । नर्भिकमा दुई तीन पटक डायलासिस गरिएको थियो ।

नर्भिकमा डा. पंकज जलान, डा. रमेश चोखानी डा. यादव भट्टलगायतको चिकित्सकको टिमले तुलाधरको स्वास्थ्य जाँच गरेको थियो ।
आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार तुलाधरको शव अस्पतालबाट निजी निवास लैजान लागिएको छ ।