२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व शान्तिमा नेपाली सेनाको योगदान उदाहरणीय : राष्ट्रपति



अ+ अ-
 

काठमाडौँ, १६ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाल सरकारको विश्व शान्ति प्रयासप्रतिको निष्ठा र प्रतिबद्धताबमोजिम नेपाली सेनाले दिएको योगदान उदाहरणीय रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा तैनाथ हुन जाने रणशार्दुल गण (शा.से.) ६०औँ डफ्फाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा सञ्चालन भएको प्रि(डिप्लोयमेण्ट) तालीम समापनका अवसरमा राष्ट्रपति भण्डारीले पठाउनुभएको शुभकामना सन्देशमा सो कुरा उल्लेख छ ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “शान्ति सैनिकले कार्यक्षेत्रमा आफूलाई एक योग्य शान्ति सैनिकका रुपमा परिचित गराई पेशागत दक्षता र कुशलता, मानवअधिकारको उच्च सम्मान तथा मानवीय सहयोगको भावना राखी विश्व शान्तिप्रति नेपालको गहिरो प्रतिबद्धताको सन्देश संसारमा फैलाउन नेपाली सेना सफल हुनेमा पूर्ण विश्वास छ ।”

समापन समारोहमा राष्ट्रपतिले पठाउनुभएको शुभकामना सन्देश बलाधिकृत रथी हेमन्तराज कुँवरले पढेर सुनाउनुभएको थियो । समारोहमा बलाधिकृत कुँवरले तालीममा हासिल गरेको ज्ञान र सैनिक कौशललाई मिशन इलाकामा आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिनुभएको थियो ।

कार्यसम्पादनको क्रममा एक अर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्न निर्देशन दिँदै उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापाको मुख्य जिम्मेवारी उत्कृष्ट ढङ्गबाट सम्पादन हुने विश्वास व्यक्त गर्नुभयो । समारोहमा मिशनमा तैनाथ हुने गणले विभिन्न अभ्यास तथा प्रदर्शनी गरेको थियो ।