२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मन चान्सलरद्वारा सन् २०२१ पछि नेतृत्व छोड्ने घोषणा



अ+ अ-

बर्लिन, जर्मनी, १२ कात्तिक (एएफपी) ः जर्मन चान्सलर एन्जेला मर्केलले उहाँको कार्यकालको सकिएपछि अर्को कार्यकालको लागि नेतृत्वको दावी नगर्ने सोमबार घोषणा गर्नुभएको छ ।

उहाँलाई निर्वाचित गराएको राजनीतिक गठबन्धन कमजोर हुँदै गएको अवस्थामा पुनः नेतृत्वको दावी गर्नु गलत हुने निश्कर्षकासाथ उहाँले नेतृत्वबाट बाहिरिने घोषणा गर्नुभएको हो ।

जर्मनीलाई विगत १३ बर्षदेखि राजनीतिक नेतृत्व दिइरहनुभएकी नेतृ मर्केलले आफ्नो दलको मुख्यालयमा सञ्चारकर्मीसँग भन्नुभयो, “अब नयाँ अध्यायको शुरू गर्ने बेला भएको छ ।”

मर्केलले नेतृत्वबाट आफ्नो विदाइसँगै क्रिश्चियन डेमोक्रेटिक यूनियनको गठबन्धनमा पनि नेतृत्वका लागि सङ्घर्ष हुनसक्ने बताउँदै गठबन्धनलाई यूरोपको विशाल अर्थतन्त्र सम्हाल्न जिम्मेवार भएर प्रस्तुत हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

आफ्नै गठबन्धन समूहभित्रको सङ्कटबारे बोल्दै उहाँले भन्नुभयो, गठबन्धनमा रहेको विवादका कारण सरकारबाट बाहिरिनुपर्ने अवस्था आउनु आफ्नो लागि अस्वीकार्य भएको बताउनुभयो ।

जर्मन राज्य हेसेसमा आइतबार देखिएको निर्वाचन परिणाम गठबन्धनका लागि ‘एउटा नया मोडको सङ्केत मात्रै भएको तर आफ्नो गठबन्धनलाई सुधार्ने मौका रहेको’ उहाँको प्रतिक्रिया थियो । उहाँले जर्मनीका प्रमुख राजनीतिक दल तथा आफ्नै गठबन्धनले पनि सोचेर अघि बढ्नुपर्ने बताउनुभयो ।

मर्केलले आफूले चौँथो कार्याकालको अन्त्यसँगै जर्मनीको अर्को निर्वाचनमा उम्मेदवारी नदिने साथै चान्सलरका रूपमा जनादेशलाई नवीकरण पनि नगर्ने सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।मर्केलको घोषणासँगै उहाँको पदको प्रमुख आकाङ्क्षीका रूपमा कम्तीमा चार जना अघि सर्ने देखिएको छ ।

तर मर्केलले आफ्नो उत्तराधिकारीको घोषणा आफुले नगरी प्रजातान्त्रिक प्रक्रियाबाट दलले नै छान्ने गरी छोड्ने बताउनुभएको छ । उहाँले नेतृत्व चयनबारे बोल्दै भन्नुभयो, मैले मेरो दलले लिने प्रजातान्त्रिक निर्णयलाई स्वीकार गर्नेछु ।