२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारः दोहोरो अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ, १२ कात्तिकः  लगातार ओरोलो लाग्दै शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ ।

कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब ९५ बिन्दुमा पुगेको छ । आइतबार पनि बजार १४ दशमलब ४३ बिन्दुले घटेको थियो ।

नेप्से परिसूचकमा आएको गिरावट जस्तै कारोवार रकममासमेत गिरावट आएको छ । कूल १६० कम्पनीको नौ लाख ८७ हजार ३२१ कित्ता शेयर रु २४ करोड ९१ लाख ९६ हजार २७० मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार बैंकिङ ८ दशमलब ६८, होटल ४८ दशमलब ७६, विकास बैंक ११ दशमलब ९६, जलविद्युत् ११ दशमलब शून्य चार, वित्त ३ दशमलब शून्य एक, निर्जीवन बीमा ७६ दशमलब ६५, उत्पादन ११ दशमलब शून्य आठ, अन्य ७ दशमलब २६, माइक्रोफाइनान्स ९ दशमलब शून्य दुई र जीवन बीमा १७ दशमलब शून्य एकले घटेको छ ।

आज रिडी हाइड्रो पावर कम्पनी, खानीखोला हाइड्रो पावर कम्पनी र साना किसान बैंकको लगानीकर्ताले कमाएका छन् भने रैराङ हाइड्रो पावर कम्पनी, पोखरा फाइनान्स लिमिटेड र एनआइबिएल प्रगति फण्ड र युनाइटेड मोदी हाइड्रो पावरका लगानीकर्ताले गुमाएका छन् ।
–––