२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामा लगानी बढाउन आह्वान



अ+ अ-

काठमाडौँ, १२ कात्तिक: दिगो ऊर्जा विकासबाट ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने’ सरकारको प्रमुख लक्ष्यमा सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ निकायसित आह्वान गरिएको छ ।

आजदेखि यहाँ शुरु भएको ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सरकारका उच्च नेतृत्वले सो आह्वान गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा विकासमा सरकारले प्राथमिकता दिएको जानकारी गराए ।

नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार दातृ निकायका आर्थिक एवं प्राविधिक सहयोगमा साना÷लघु विद्युुत् परियोजनाबाट ३० मेगावाट विद्युत्, आठ लाख ५० हजार सौर्य घरेलु प्रणाली, चार लाखभन्दा बढी बायोग्यास प्लान्ट, १४ लाख सुधारिएको चुलो, १० हजार सुधारिएको पानीघट्ट, जडान गरिसकेको छ । साथै साना÷लघु जलविद्युत् र सौर्य ऊर्जाबाट १८ प्रतिशत विद्युत् र समग्र नवीकरणीय ऊर्जा प्रविधिबाट ३४ लाख घरधुरी लाभान्वित भएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इञ्जिनीरिङ अध्ययन संस्थानद्वारा संयुक्तरुपमा आयोजित सो तीनदिने सम्मेलनमा नेपाललगायत करीब २० देशको सहभागिता छ । सम्मेलनमा ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र कार्बन व्यापार, हरित आर्थिक वृद्धि, नवीरकणीय ऊर्जा प्रविधि, लैङ्गिक मूल प्रवाहीकरण र ऊर्जा, मिनी ग्रीड, ऊर्जा दक्षता, विद्युुत् सम्झौता, स्वच्छ ऊर्जा प्रविधिमा लगानी, दिगो ऊर्जा पहुँचलगायत विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

यसअघि नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सन् १९९८, सन् २००३ र २०११ मा काठमाडौँमा भएको थियो । साथै सन् २००९ मा नवीकरणीय ऊर्जा प्रविधि र दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र सन् २००६ मा राष्ट्रिय सम्मेलन आयोजना भएको थियो । करीब ८० वटा कार्यपत्र प्रस्तुत हुने उक्त सम्मेलनमा झण्डै २५० ऊर्जाविद्को सहभागिता छ ।

सम्मेलन शुभारम्भ गर्दै शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विसं २०७५÷२०८५ लाई सरकारले ऊर्जा दशक घोषणा गरी हरेक घरलाई ऊर्जा घर बनाउने, विद्यालय शिक्षामा नै नवीकरणीय ऊर्जाको महत्वसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रमा थप सहयोग गर्न म अन्तर्राष्ट्रिय दातृ निकायसित आह्वान पनि गर्छु ।”

अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकासका लक्ष्य पूरा गर्न ऊर्जा विकासमा सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो । त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाले इञ्जिनीरिङ अध्ययन संस्थानमार्फत विश्वविद्यालयले नवीकरणीय ऊर्जा प्रविधिमा जोड दिएको छ भन्नुभयो ।

इञ्जिनीरिङ अध्ययन संस्थानका डीन एवं सम्मेलन आयोजक समितिका संयोजक प्रा त्रिरत्न बज्राचार्यले आर्थिक–सामाजिक विकास र वातावरण संरक्षणका लागि नवीकरणीय ऊर्जा महत्वपूर्ण हुने चर्चा गर्दै विश्वव्यापीरूपमा यसतर्फ जोड दिइरहेका सन्दर्भमा नेपालमा पनि यस किसिमको सम्मेलन आयोजनाबाट अन्तर्राष्ट्रिय ज्ञान, अनुभव र प्रविधिका बारेमा जानकारी पाउन सकिने बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकालले उर्जाको विकासका लागि नीतिगत सुझाव, प्राविधिक ज्ञान तथा लगानीको सम्भावनाले सम्मेलन महत्वपूर्ण अवसर भएको धारणा व्यक्त गर्नुभयो । सम्मेलन उद्घाटनसत्रमा नेपालका लागि जर्मनी र बङ्गलादेशका राजदूत क्रमशः रोलाण्ड शेफेर र मास्फी विन्ते शाम्स, युरोपेली महासङ्घका राजदूत भिरोनिका कोडी, विश्व बैंकका देशीय प्रबन्धक फारिस हाड्डले नेपालको ऊर्जा विकासमा आगामी दिनमा पनि सहयोग निरन्तरता दिइने जानकारी दिनुभयो ।




भर्खरै