२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत कोल लोप हुँदै



अ+ अ-

बाजुरा, ६ कात्तिक (रासस) ः प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समयमा मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको बडिमालीका–२ का स्थानीय हर्क महतले बताउनुभयो ।

तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी हुँदै जानु तथा बजारमा तेल प्याकिङ गरेर आउन थालेपछि कोल हराउँदै गएको छ । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका हुन् ।

जिल्लामा सयौँको सख्यामा रहेका यस्ता कोल अहिले लोप भइसकेका छन् । गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेशिन हराउँदै गइरहेका छन् । परम्परागत प्रविधिमा आधारित कोलमा चिउरी, उखु, अमिलो, र तोरी पेल्ने गरिन्छ । कोलमा तेल पेल्नका लागी बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने भएकाले बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत लगाउन छोडेको स्थानीय औला कार्कीले बताउनुभयो ।

करीब एक दशक अगाडि जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भइरहेका कोलको अहिले अस्तित्वसमेत देखिन मुस्किल भएको छ । आधुनिक मेशिनको बढ्दो प्रयोग र विकाससँगै सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले विस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिएको छ ।
–––




भर्खरै