२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मारुती सिमेन्टले वन क्षेत्रको जग्गा हडप्याे



अ+ अ-

जनकपुरधामः सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएको छ ।

कारखानाले नरहा गाउँपालिका वडा नं ३ को सामुदायिक वनको जग्गा आफ्नो नाममा दर्ता गराएको कारखाना तथ्य खुलेको हो ।

कारखानाले जोभा प्राकृतिक सामुदायिक वनको १३ कट्ठा पाँच धुर जग्गा आफ्नो नाममा दर्ता गराएको देखिएको छ । मालपोत कार्यालय सिरहाका अभिलेखअनुसार कारखानाले सो जग्गा विस २०७३ पुस ३ गतेमा कित्ताकाट गराएको देखिन्छ ।

कारखानाका लागि मोरङ विराटनगरका मनोज राठीको नाममा मालपोत कार्यालय सिरहाबाट कित्ताकाट गराएको पाइएको छ । डिभिजन कार्यालय सिरहाका वन प्रमुख सुनिलकुमार सिंह सरकारले विसं २०५१ चैत ५ गते जोभा प्राकृतिक सामुदायिक वनका रूपमा हस्तान्तरित ३१ हेक्टरमध्ये गोरखनाथ गणलाई दिई बाँकी रहेको १८ हेक्टर वन क्षेत्रको १३ कट्ठा ५ धुर जग्गा राठीको नाममा दर्ता पाइएको छ ।

उहाँले यस सम्बन्धमा कानूनबमोजिम जाँचबुझ अनुसन्धान प्रक्रिया शुरू गरिएको र दोषीउपर वन ऐनबमोजिम कारवाही गरिने बताउनुभयो ।




भर्खरै