२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रिपर दुर्घटनामा तीनको मृत्यु



अ+ अ-

धादिङः पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबार्ट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् ।

मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । तीमध्ये दुईको घटनास्थलमै मृत्यु भएको थियो भने सावित्रीको उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेको टिपर सडकबाट ६०० मिटर तल पुगेको थियो । टिपरमा रहेका अन्य तीनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।