२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस रकम सहित सहन्यायाधीवक्ता नियन्त्रणमा



अ+ अ-

काठमाडाैं । अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले उच्च सरकारी वकिल कार्यालय पोखराका सह-न्यायधिवक्ता सुरेन्द्रबहादुर थापालाइ पाँच लाख घुसबापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यकक्षबाट अाज नियन्त्रणमा लिएकाे छ ।

अायाेगका प्रवक्ता रामेश्वर दंगालका अनुसार, थापाले ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय पोखराबाट खटिइ गएको टोलीले निजलाई नियन्त्रणमा लिएकाे हाे ।