२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशतः मुद्रा कोष



अ+ अ-

वासिङ्टन – अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ ।

संयुक्तराज्य अमेरिका र चीनबीचको बढ्दो व्यापार तनावले व्यापार क्षेत्रको वृद्धिमा कमी आउने भएकाले पनि कोषले सन् २०१८ र २०१९ को विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत कायम गरेको छ, कोषले सोमबार सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा विकासशील अर्थतन्त्र रहेका मुलुकहरुको आर्थिक परिदृश्यमा खासै वृद्धि नहुने अनुमान गरिएको छ । सन् २०१९ मा चीन र संयुक्तराज्य अमेरिकाको पनि आर्थिक वृद्धिमा कमी आउने कोषको अनुमान छ ।

संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार युद्धले चीन सहित अरु एसियाली मुलुकहरु र अर्जेन्टिना, टर्की तथा ब्राजिल समेतका मुलुकमा जोखिम निम्त्याउने छ ।