२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

किष्ट बैंकका तत्कालीन प्रवन्ध सञ्चालक ज्ञवाली पक्राउ



अ+ अ-

महानगरीय अपराध महाशाखाको टोलीले किष्ट बैंकका तत्कालीन प्रवन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ गरेको छ । ज्ञवालीलाई बिहीबार कञ्चनपुरबाट पक्राउ गरिएको हो । बैंकमा प्रवन्ध सञ्चालक हुँदा उनीमाथि ‘जम्को प्रकाशन’ का नाममा साढे १२ करोड कर्जा लिएर अपचलन गरेको आरोप लागेको थियो ।

ज्ञवाली, उनकी पत्नी गौरी खनालसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । ज्ञवालीलाई आजै पुनरावेदन अदालत पाटनमा उपस्थित गराइने बुझिएको छ । पुनरावेदन अदालत पाटनले ज्ञवालीलाई दोषी ठहर गर्दै २०७३ असोज ४ मा चार वर्ष जेल सजाय र साढे चार करोड जरिवाना सुनाएको थियो । त्यसयता उनी फरार थिए ।