२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल क्यानडा परामर्श बैठक क्यानडामा



अ+ अ-

काठमाडौं, असोज १९ गते । नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको बैठक क्यानडाको ओट्टावास्थित विदेश मामिला, व्यापार तथा विकास विभागमा बिहीबार बस्यो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शंकर दास बैरागीले गर्नुभएको थियो । क्यानडाका तर्फबाट विश्व मामिलासम्बन्धी सहायक विदेशमन्त्री डा. डोनाल्ड बोबियासले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

दुवै पक्षबीच नेपाल र क्यानडाबीचको द्विपक्षीय सम्बन्धको पछिल्लो अवस्थाका बारेमा समीक्षा गरिएको क्यानडास्थित नेपाली राजदूतावासले जनाएको छ । बैठकमा व्यापार, लगानी, पर्यटन, कृषि, आप्रवासन, शिक्षा, जलवायू परिवर्तन, प्रविधि हस्तान्तरण तथा भिसा र कन्सुलर सेवा समेतका विविध क्षेत्रमा सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा नेपाली प्रतिनिधिमण्डलले नेपाल सरकारका विकास प्राथमिकताका क्षेत्रका बारेमा जानकारी गराएको थियो । जवाफमा क्यानेडेली प्रतिनिधिमण्डलले आर्थिक साझेदारीमा बढोत्तरीका साथै नेपालको विकास प्रयासमा सहयोग गर्न तत्पर रहेको जनाएको थियो ।
बैठकमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेल, सहसचिव घनश्याम भण्डारी, दूतावासका काउन्सिलर प्रकाश अधिकारी लगायतको सहभागिता थियो ।

यही सेप्टेम्बर २४, २०१८ मा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच न्यूयोर्कमा द्वीपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

संयन्त्रको अर्को बैठक काठमाडौंमा बस्ने दूतावासले जनाएको छ ।