२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथमा अशक्तका लागि निःशुल्क टेम्पो सेवा



अ+ अ-

पशुपतिनाथ क्षेत्रमा केही बर्ष अघि सरकारले सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय ग¥यो । सरकारको निर्णयलाई त्यतिवेला बृद्ध र अशक्त नागरिकप्रति ‘अनुदार’ बनेको भन्दै टिका टिप्पणी भयो । अहिले उनीहरुको सहजताका लागि भन्दै अन्ततः फेरी निःशुल्क टेम्पो सेवाको आरम्भ गरिएको छ ।

आइतबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीले औपचारिक शुभारम्भ गरेसँगै दुईवटा सफा टेम्पोले पशुपतिनाथ परिसरमा बृद्धबृद्धा र अशक्तलाई निःशुल्क रुपमा सेवा दिइरहेको छ । ‘यहाँ वातावरणमैत्री सफा टेम्पो सञ्चालनका लागि लक्ष्मी बैंकले आर्थिक सहयोग गरेको छ ।’ पशुपतिनाथ क्षेत्र विकास कोषका एक कर्मचारीले घटना । बिचारसँग भने, ‘सरकारले केही समय अघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्ध तथा अशक्त भक्तजनलाई पशुपति दर्शनका लागि कठिनाई भएको थियो । तर अबदेखि उनिहरुलाई सहज हुने भएको छ ।’

दुई वटामात्र भएपनि विद्युतीय सफा टेम्पो चलाएर कोषले सर्वसाधारणको गुनासो सम्वोधनको प्रयास गरेको हो । टेम्पो सञ्चालनमा आएपछि केही हदसम्म बृद्ध र अशक्तलाई सहजता मिलेको छ । बृद्ध र अशक्तका लागि भन्दै केही बर्ष अघि यहाँ ह्वीलचेयरको व्यवस्था गरिएको थियो ।