२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति १२ बजेपछि संघीय संसदको वर्षे अधिवेशन अन्त्य हुँदै



अ+ अ-

आज राति १२ बजेबाट संसद् सचिवालयको संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को वर्षे अधिवेशन समाप्त हुँदैछ । आजको बैठकमा सभामुख कृष्णबहादुर महराले अधिवेशनका क्रममा भएका गतिविधिबारे जानकारी गराएर मात्रै अधिवेशन अन्त्यको घोषणा गर्नेछन् ।

राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ । त्यसका लागि सरकारको सिफारिस अनिवार्य मानिन्छ । यही संवैधानिक व्यवस्थामा टेकेर राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई अधिवेशन अन्त्यको पत्रमार्फत जानकारी गराएको बुझिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुनु हुँदैन । गत वैशाख २३ देखि शुरु भएको वर्षे अधिवेशनमा प्रतिनिधिसभाको बैठक आजसहित ७९ औं पटक र राष्ट्रियसभाको ६१ औं पटक बसेर अन्त्य गर्न लागिएको हो ।