२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले आज महासभामा सम्बोधन गर्ने



अ+ अ-

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाटमा व्यस्त छन् ।

प्रधानमन्त्री ओली मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा सहभागी थिए । सो क्रममा उनले ट्रम्पसँग संक्षिप्त कुराकानी पनि गरेको बताइएको छ । आज प्रम ओलीले बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ ।

बुधबार प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन बेरसेटसँग तथा कोलम्बियाका राष्ट्रपति इभान डुक मार्रकेजसँग र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पनि सोही अवसरमा भेट गरेका थिए ।

यस्तै, प्रधानमन्त्री ओलीले बेलायतकी प्रधानमन्त्री थेरेसा मेसँग पनि भेटवार्ता गरेका छन् । महासभामा भाग लिन न्युयोर्क पुगेका अन्य विभिन्न देशका प्रतिनिधिसँग पनि प्रधानमन्नी ओलीले भेटवार्ता गरेका छन् ।

एसिया सोसाइटीले बुधबार न्यु योर्कमा आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक बहसमा पनि प्रधानमन्त्री ओली सहभागी थिए । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले सञ्चालन गरेको सार्वजनिक व्याख्यान कार्यक्रममा उहाँले सम्बोधन गरेका थिए । महासभामा सम्बोधनपछि प्रधानमन्त्री ओली न्युयोर्कबाट कोस्टारिकाको भ्रमणमा जाने कार्यक्रम छ ।