२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषाक्त मदिरा सेवनबाट थप दुईको मृत्यु



अ+ अ-

मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ जफार शेरेम्बान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुगेको छ ।

यसअघि विषाक्त मदिरा सेवनबाट धादिङका मीमबहादुर घले, रुपन्देहीका रामकुमार यादव, डडेल्धुराका विशाल बुढाथोकी, सुनसरीका सञ्जय उराव, इलामका बलबहादुर कुलुङ्ग, सर्लाहीका आइतसिंह गोले र नवलपरासीका दुर्गा्सिंह रानाको मृत्यु भएको दूतावासले जनाएको छ ।

विषाक्त मदिरा सेवनबाट १७ नेपाली गम्भीर बिरामी परेका थिए । उनीहरुमध्ये सात नेपाली विभिन्न अस्पतालमा उपचारपश्चात कम्पनीमा फर्किसकेका छन् । अन्य बिरामी १० जनामध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ ।