२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र



अ+ अ-

दार्चुला, ७ असोज (रासस) ः लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ । पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै रोकिएको निर्माण अझै शुरु भएको छैन ।

०७३ असोज ४ गते पुल निर्माणका लागि मनोमालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । कूल रु एक करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएको दुई वर्ष पूरा हुँदा पनि निर्माणको काम जस्ताको त्यस्तै छ । पुलको दुई पटक म्याद थप गरिएको छ । पछिल्लो समय आगामी मङ्सिर महिनासम्मको लागि म्याद थप गरिएको भए पनि काम भने सञ्चालन भएको छैन ।

पहिलो पटक केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हाल्दा तुइन विस्थापन गर्ने निर्णय गर्नु भएपछि पुल निर्माणको लागि टेण्डर भएको थियो । तर दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि पुल निर्माणकार्यले गति लिएको छैन । सो क्षेत्रका नागरिक अहिले पनि ट्युवको सहारामा नदी वारपार गर्ने गर्छन् । पुलको एकापट्टी मात्रै पिलर गाड्ने काम भएको छ ।

पहिलो वर्ष भारत सरकारको स्थानीय प्रशासनले समयमै अनुमति दिन नसक्दा काम भएन, निर्माण व्यवसायी दीपक साउदले भन्नुभयो, गत वर्ष भारतबाट पुल निर्माणका लागि निर्माण सामाग्री ल्याउन सकिएन । अहिले निर्माणस्थलमा सामग्री ढुवानी गरिएको भए पनि नदीमा पानीको सतह नघटेका कारण काम गर्न सकिएको छैन ।
चाडपर्व नजिकिएसँगै स्थानीयवासीलाई सामान ओसारपसार गर्ने चटारो चलेको छ, लेकम गाउँपालिका–३ का तारा भण्डारीले भन्नुभयो । उस्तै पनि वारीपारी (नेपाल–भारत) रोटीबेटीको सम्बन्ध छ, वारिका चेली पारि अनि पारिका चेली वारि छन् । तिहारमा झनै माइत आवतजावत गर्नेदेखि लिएर चाडपर्वका सामग्री ल्याउन यही ट्युवको प्रयोग हुन्छ ।