२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु ःडब्लुएचओ



अ+ अ-

जेनेभा, ५ असोज (रासस÷एएफपी) ः मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार जनाएको छ ।
राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक बर्ष मृत्यु भएका प्रत्येक २० जना मध्ये एक जनाको मृत्यु मदिराका कारण हुने गरेको पनि स्पष्ट पारेको छ ।
हालै सार्वजनिक भएको प्रतिवेदन अनुसार यस तथ्याङ्कमा मदिरा सेवन गरेर सवारी चलाउँदा निधन भएका, मदिरा सेवनका कारण भएका हिंसात्मक घटना र त्यसैका कारण लागेका विभिन्न रोगका कारण मृत्यु हुनेहरुको सङ्ख्या जोडिएको छ ।
झण्डै पाँच सय पृष्ठ लामो सो प्रतिवेदनमा मृत्यु भएका मध्ये तीन चौथाइ मान्छेको मृत्यु मदिराकै कारण हुनेगरेको पाइएको उल्लेख छ ।