२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका विभिन्न स्थानमा आज दिनभर विद्युत कटौती



अ+ अ-
सडक विस्तारलगायतका कार्यमा सहजीकरण गर्न राजधानीका विभिन्न स्थानमा आज विद्युत कटौती गरिने भएको छ । बालाजु सवस्टेशनबाट विद्युत्त आपूर्ति हुँदै आएका क्षेत्रहरुमा आज केही घण्टा लोडसेडिङ हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्मको सडक विस्तारको लागि विद्युत आपूर्ति बन्द गरिएको हो ।  प्राधिकरणका अनुुसार आज बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत्तभार कटौती हुनेछ । जसका कारण  पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीसम्मको भागमा विद्युत् आपूर्ति बन्द भएको छ ।
प्राधिकरण अन्तर्गतको वितरण केन्द्रले बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने जनजागृति, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा पनि दिउँसो ३ बजेसम्म लोडसेडिङ हुने जनाएको छ ।