२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राध्यापक राजिव झा अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त



अ+ अ-

काठमाडौँ, ४ असोज । चीनको एक अर्धसरकारी संस्था चाइना कमर्सियल स्टक इन्टरप्राइजको अन्तर्राष्ट्रिय शिक्षा तथा संस्कृति प्रवर्धन समितिले चीनको सियन विश्वविद्यालयका नेपाली प्राध्यापक डा.राजिव कुमार झालाई अन्तर्राष्ट्रिय वरिष्ट परामर्शदाताका रुपमा नियुक्त गरेको छ । उक्त इन्टरप्राइजेजको शिक्षा तथा संस्कृतिसम्बन्धी अन्तर्राष्ट्रिय समितिले प्रा.डा.झालाई नियुक्त गरिएको जानकारी बुधबार बिज्ञप्तिमार्फत जानकारी दिएको छ । अन्तर्राष्ट्रिय वरिष्ट परामर्शदाताको रुपमा रहेर उहाँले चीनको शैक्षिक तथा सांस्कृतिक महत्वलाई विदेशमा विस्तार र आदानप्रदान गर्नुहुने छ ।
चीनको सियानमा रहेर चीनको आर्थिक, सामाजिक र अन्तराष्ट्रिय सम्बन्ध विकासमा विशेष योगदान पु¥याउने प्रतिभाशाली विदेशी व्यक्तित्वको कदरस्वरुप उहाँलाई यस पदमा नियुक्त गरिएको बताइएको छ ।  गत महिनामात्र डा.झालाई सियान सरकारले नै सन् २०१८ को लागि सियान फ्रेण्डसिप अवार्ड’ प्रदान गरेको थियो । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्धारा प्रत्येक दुई वर्षमा दिइने उक्त अवार्ड पाउने उहाँ पहिलो नेपाली हो ।
प्राध्यापक झा करिब २२ वर्षदेखि चीन बस्दै आउनुभएको छ । पित्तथैलीको क्यान्सरको प्रकोप कम गर्ने विषयमा चिनियाँ विश्वविद्यालबाट विद्यावारिधी र त्यसपछि पोस्ट डक समेत पूरागरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा. झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिव कुमार झा’ स्थापना गरेको छ ।

सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदान प्रदान पनि हुने गरेको छ । प्रा.डा. झा हाल चीनका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर पनि हुन् । चीनको सान्सी प्रान्तले प्राध्यापक झालाई चीन नेपाल सम्बन्धको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै केही महिना अघि नागरिक दूत नियुक्त गरेको थियो ।
गतवर्ष मात्र पनि झालाई सियान प्रान्तले नै चिनियाँ बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा पनि नियुक्त गरेको जानकारी झाले दिए ।