२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयता सफल बन्न प्रदेश बलियो हुनुपर्छ : मुख्यमन्त्री गुरुङ



अ+ अ-

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सङ्घीयता सफल बन्न प्रदेश बलियो हुनुपर्ने बताएका छन् ।

कास्की जिल्ला अदालत बार एशोसिएसनको नव निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उनले भने, ‘नेपालमा २५० वर्षदेखिको एकात्मक राज्य प्रणाली अन्त्य भई सङ्घीय राज्य व्यवस्था लागुभएकाले त्यसलाई सफल बनाउन प्रदेश बलियो हुनुपर्छ ।’

मुख्यमन्त्री गुरुङले सङ्घीयताको मर्म अनुरुप सङ्घ, प्रदेश र स्थानीय तहबीच समुचित अधिकारको बाँडफाँड आवश्यक भएको उल्लेख गर्दै प्रदेशका मुख्यमन्त्रीको भेला सङ्घीयतालाई बलियो बनाउन लागि भएको बताए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले कास्की जिल्ला बार अदालतका नवनिर्वाचित अध्यक्ष मुक्तिनाथ सापकोटासहित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र प्रदान गरे ।