२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेनेसासले करिब ७ अर्ब डलरमा अर्को कम्पनी खरिद गर्ने



अ+ अ-

टोक्यो, २६ भदौ (एएफपी) ः जापानको सेमिकन्डक्टर कम्पनी रेनेसासले मङ्गलबार ६ अर्ब ७० करोड अमेरिकी डलरमा अमेरिकाको क्यालिफोर्नियास्थित आइडीटी सेमिकन्डक्टर निर्माता कम्पनी खरिद गर्ने घोषणा गरेको छ । उक्त समाचार प्रकाशनमा आएलगत्तै रेनेसासको सेयरमा ५.५४ प्रतिशत वृद्धि भएको थियो ।

कम्पनी खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया सन् २०१९ को मध्यसम्ममा पूरा हुने अपेक्षा गरिएको छ । तर कम्पनी खरिदको अन्तिम टुङ्गो आइडीटीका सेयर लगानीकर्ता र सम्बन्धित नियामक निकायको स्वीकृतिपछि हुनेछ, रेनेसासको विज्ञप्तिमा उल्लेख छ ।

रेनेसासले नयाँ कम्पनी खरिद गर्न ६ अर्ब डलर बैंकबाट ऋण लिने र बाँकी कम्पनीको नगदबाट व्यवस्था गरिने जनाएको छ । नयाँ कम्पनीको खरिदबाट औद्योगिक र सवारीसाधनका क्षेत्रमा व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

जापानका प्रतिष्ठित कम्पनीहरु हिटाची, मित्सुबिसी इलेक्ट्रिक र एनइसीका माइक्रोचिप्स इकाईहरु मर्ज (बिलय) गरी रेनेसास इलेक्ट्रोनिक्सको स्थापना भएको थियो । तर बजारमा तीव्र प्रतिस्पर्धाका कारण घाटा व्यहोर्न बाध्य यस कम्पनीलाई सरकारी ऋण सहयोगमा सन् २०१३ मा पुनर्जीवित तुल्याइएको थियो ।

कम्पनी घाटामा गएसँगै कामदार कटौती गरिएको थियो । युरोप प्लान्टबाट मात्र एक हजारभन्दा बढी कामदार हटाइएको थियो । त्यसयता कम्पनीको आर्थिक स्थितिमा सुधार आउनुका साथै नयाँ कम्पनी खरिद गर्ने स्थितिमा अहिले देखा परेको छ ।

सन् २०१६ मा रेनेसासले तीन अर्ब २० करोड डलरमा अमेरिकाको सानो चिप निर्माता इन्टरसील खरिद गरेको थियो ।

नयाँ खरिद गर्न प्रस्तावित आइडीटी अर्थात इन्टिग्रेटेड डिभाइस टेक्नोलोजीमा विश्वभर एक हजार ७०० कर्मचारी कार्यरत छन् । यस कम्पनीले सन् २०१७–१८ मा करिब ८४ करोड २८ लाख बराबरको कारोबार गरेको थियो ।