२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘असोज तीन कालो दिन’



अ+ अ-

काठमाडौं, भदौ ३१ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले मधेसी जनताको अधिकारलाई कुण्ठित गरी ल्याउन लागिएको संविधानलाई असोज ३ गते देशभरी जलाइने र त्यो दिनलाई कालोदिवसका रुपमा मनाउने बताएका छन् ।

बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरी सद्भावना पार्टीका अध्यक्ष महतोले मधेसी जनताको अस्तित्व, पहिचान र अधिकार सम्बोधन नहुने यो संविधानलाई दुई तिहाई जनताले अस्वीकार गर्ने दाबी गरेको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

मधेसबाट जितेर संविधानसभामा प्रतिनिधित्व गरिराखेका कांग्रेस, एमाले र एमाओवादीका मधेसी सभासद् मधेसी जनतालाई धोका दिएर संविधान निर्माण प्रक्रियामा सहभागी रहेकाले ती जनप्रतिनिधीलाई अब जनताले समात्ने बेला आएको महतोले बताए ।

असोज ३ गतेभन्दा पहिला मधेसी जनताले आफ्ना जनप्रतिनिधीलाई दबाब दिएर संविधानसभाबाट फिर्ता बोलाएर भने मात्र संविधान मधेसको पक्षमा आउन सक्ने अश रहेको तर त्यसो भएन भने मधेसले पाएका उपलब्धि पनि गुमेर जाने महतोको भनाइ थियो ।