२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०७२ असोज ३ गतेदेखि संविधान लागू हुने सभाध्यक्षद्वारा जानकारी



अ+ अ-

काठमाडौँ, भदौ ३० । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेयकको सम्पूर्ण धारा, अनुसूची, प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भ विधेयकको अङ्ग बनेको घोषणा गरेका छन् ।

संविधानसभाको बुधबारको बैठकमा अध्यक्ष नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेककको प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भलाई विधेयकको अङ्ग बनोस् भनेर राखेकामा बैठकले त्यसलाई पारित गरेको हो ।

उनले संविधानको नाम ‘नेपालको संविधान २०७२’ रहने जानकारी दिए । यो संविधान २०७२ असोज महिनाको ३ गतेदेखि प्रारम्भ हुने उनले बताए ।