२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि उत्पादनका लागि राप्तीपारि क्षेत्रलाई अनुदान



अ+ अ-

खजुरा (बाँके),  भदौ ३०। एसियाली विकास बैंकले कृषिको पकेट गाविस भनेर चिनिने बाँकेको बैजापुरमा अनुदान दिएको छ ।

एसियाली बैंकले राप्तीपारि क्षेत्रको प्रतिनिधित्व गर्ने भुवर भवानी बहुउद्देश्यीय कृषक सहकारी संस्था बैजापुरसँगको साझेदारीमा साना तथा मझौला कृषकको आयस्तर वृद्धिका लागि लाखौँ रुपैयाँ अनुदान दिएको हो ।
सहकारी संस्था बैजापुरका सचिव मीनकुमार थारूका अनुसार मसुरो उत्पादन, सङ्कलन तथा प्रशोधनका लागि रु ५८ लाख ६६ हजार ६ सय १० अनुदान दिएको हो । यसले गर्दा गाविसमा रहेका १० वटा कृषक समूहलाई निकै राहत मिल्ने भएको छ ।
सहकारीका सचिव थारूले एक वर्षका लागि दिएको अनुदान कार्यक्रम आगामी वर्षको असार अन्तिमसम्म सकिने बताउनुभयो । मसुरो उत्पादन, सङ्कलन तथा प्रशोधन कार्यक्रम सफल पार्नका लागि दुई हजार क्विन्टल मसुरो अट्न सक्ने गोदाम घर निर्माण, पावर टिलर १० थान, पम्पसेट १० थान र बोर्डिङ १० थान किसानलाई हस्तान्तरण गरिसकेको जानकारी समेत उहाँले दिनुभयो । रासस