२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेजपातको उचित मूल्य नपाउँदा कृषक निराश



अ+ अ-

उदयपुर । जिल्लामा लामो समयदेखि व्यावसायिकरूपमा तेजपात (सिन्कौली) खेती गर्दै आएका कृषकले उत्पादन गरेको तेजपात बिक्री गर्ने सिजन सुरु भएर बिक्री हुन थाले पनि मूल्यवृद्धि नहुँदा कृषक निराश बन्न थालेका छन् ।

जिल्लामा लामो समयदेखि तेजपात उत्पादन गर्दै आएका कृषकले पाँच-छ वर्षदेखि अहिलेसम्म पनि पुरानै बजार मूल्यमा तेजपात बिक्री गर्नु परेका कारण आफूहरूले घाटा सहेर भए पनि बाध्य भई तेजपात बिक्री गरेको गुनासो कृषकको छ ।

तेजपात खरिदकर्ता तथा व्यापारीले अहिले पनि विगत वर्षकै बजार भाउमा नै तेजपात खरिद गर्ने गरेको र उनीहरूले समयअनुसारको मूल्यवृद्धि गर्न नमान्दा पुरानै मूल्यमै तेजपात बिक्री गर्नुपरेका कारण आफूहरूले वर्षेनी ठूलो घाटा व्यहोर्नुपरेको रौता मुर्कुचीका देवराज मगरको गुनासो छ ।

मगर भन्नुहुन्छ, “विसं २०७० मा नै आफूहरूले उत्पादन गरेको तेजपात प्रतिकिलो रु ३० देखि ५० का दरले बिक्री गरेका हौँ, सात वर्षपछि पनि उही मूल्य छ, व्यापारी तथा खरिदकर्ता मूल्यवृद्धि गर्न मान्दैनन्, यस वर्ष पनि तेजपात बिक्री हुने बेला सुरु भयो, तर मूल्यवृद्धि हुने अवस्था छैन ।” 

उदयपुरगढी डुम्रेका तेजपात उत्पादक कृषक भक्तबहादुर घलेमगरले तेजपात खरिदकर्ता तथा जिल्लाका बिचौलिया व्यापारीका कारण आफूहरुले अहिलेसम्म सही मूल्य पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीबाट रु ३० देखि ५० प्रतिकिलो खरिद गरी विराटनगर, वीरगञ्जका व्यापारीलाई रु ७०÷८०  प्रतिकिलो बिक्री गर्दछन्, वीरगञ्ज, विराटनगरका व्यापारीले भारतीय व्यापारीलाई रु १५० देखि २०० सम्म प्र्रतिकिलो बिक्री गर्ने गरेका छन्, हामी ठगिँदै आएका छौँ ।”

समयानुसार तेजपात खरिदकर्ताले मूल्यवृद्धि गर्न नमान्ने र उनीहरुले कृषकबाट सस्तोमा तेजपात खरिद गरेर अन्यत्र बजारमा दोब्बर मूल्यमा बिक्री गर्ने गरेको समेत कृषकको आरोप छ । जिल्लाका तेजपात व्यापारी तथा खरिदकर्ता बिचौलिया बनेर मूल्यवृद्धिमा बाधक बनेका कारण आफूहरूले लामो समयदेखि तेजपातको उचित मूल्य पाउन नसक्दा अन्यायमा पर्दै र तेजपात उत्पादक कृषकको पक्षमा अहिलेसम्म पनि जिल्लाका अधिकांश जनप्रतिनिधि, स्थानीय सरकारसहित, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि कसैले पनि यसतर्फ वास्ता नगरेका कारण आफूहरुको गुनासो र आवाज सुनुवाइ नभएको सम्बद्ध कृषकको गुनासो छ ।

रौता बोलुङखाका देवेन्द्र खपाङ्गी मगर भन्नुहुन्छ, “सबै व्यापारी मिलेर तेजपातको मूल्य बढाउन मान्दैनन्, हामी कृषकले मूल्यवृद्धि ग¥यौँ भने उनीहरु तेजपात खरिद गर्नै आउँदैनन्, अनि अन्त्यमा बाध्य भएर पुरानै मूल्यमा बिक्री गर्नुपर्ने बाध्य हुन्छ, सबै तेजपातका व्यापारी तथा खरिदकर्ता एकमुख भएर लाग्छन् ।”

यसपटक हिउँद लागेसँगै तेजपात बिक्रीको समय सुरु भएको र कारोबार सुरु भए पनि मूल्य भने पुरानै रहेका कारण कृषक मारमा परेको त्रियुगा नगरपालिका–१५ खाँबु हुबासका कृषकको गुनासो छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार अहिले उदयपुरमा चार पहाडी गाउँपालिकामा कृषकले व्यावसायिक तेजपात उत्पादन गर्दै आएका छन् । वार्षिक रु छ करोडदेखि आठ करोडभन्दा बढीको तेजपात उदयपुरमा उत्पादन हुने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साह बताउनुहुन्छ ।

तेजपात उत्पादन हुने गाउँपालिकामा रौतामाई, ताप्ली, उदयपुरगढी, लिम्चुङबुङ छन् । यता त्रियुगा नगरपालिकाको साउने, खाँबु, चौदण्डीगढी नगरपालिकाको सिद्धीपुर चौदण्डी, बेलका नगरपालिकाको मैनामैनी, बबला र कटारी नगरपालिकाको सिरिसे, हर्देनी, मयङखु, बेतिनीलगायत क्षेत्र छन् । सिरिसे, हर्देनी, मयङखु क्षेत्रमा उत्पादन हुने तेजपातको बिक्री केन्द्र जिल्लाको कटारी बजार हो भने तावाश्री, डुम्रे, रौता, साउने, भुटार, पोखरी खाँबु र आँपटारको बिक्री केन्द्र गाईघाट बजार रहेको तेजपात उत्पादक कृषक बताउँछन् ।

यस्तै सिद्धीपुर, चौदण्डी र कटुन्जेबबला क्षेत्रको उत्पादित तेजपातको बिक्री केन्द्र बेल्टार बजार रहेको छ । जिल्लाबाट बाहिर पैठारी गरेपछि तेजपातको मूल्य रु ८० देखि १०० प्रतिकिलो र भारतमा रु २०० प्रतिकिलोमा खरिदकर्ताले बिक्री गर्ने गरेको तेजपात उत्पादक कृषक बताउँछन् ।

अहिले उदयपुरमा तेजपात उत्पादन गर्ने कृषक तर मूल्य निर्धारण गर्ने अन्य खरिदकर्ता व्यापारी भएका कारण कृषकले उत्पादन गरेका तेजपात समयानुसारको सही मूल्य नपाएको तेजपात उत्पादक कृषकको गुनासो छ । यस वर्ष पनि हिउँद लागेसँगै तेजपातको कारोबार सुरु हुन थालेको कारण सम्बन्धित निकायले तेजपातको मूल्यको सहीरूपमा निर्धारण गरेर तेजपात उत्पादक कृषकलाई न्याय दिनुपर्ने जिल्लाका तेजपात उत्पादक कृषकले माग गरेका छन् । (रासस)




भर्खरै