२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास सिलिण्डर पड्किदा भारतमा २० को मृत्यु



अ+ अ-

नयाँ दिल्ली, भदौ २६ । भारतको मध्यप्रदेशको एक रेष्टुरेन्टमा शनिबार बिहानै भएको ग्यास सिलिण्डर विस्फोटमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।
भारतीय प्रान्त मध्यप्रदेशको झबुवा जिल्लामा रहेको सो रेष्टुरेन्टमा बिहानै ग्यास सिलिन्डर पड्किएको र त्यसमा परी २० जनाको ज्यान गएको छ ।
त्यसमा परी अरु २५ जना गम्भीर रुपमा घाइते भएका समाचारमा जनाइएको छ । सो रेष्टुरेन्टमा बिहानको खाजा खाइरहेका बेला सो दुर्घटना भएको बताइएको छ ।
सो रेष्टुरेन्टमा शनिबार बिहान करिब साढे आठ बजेतिर कार्यालय सहयोगीका साथै विद्यालयका छात्रछात्राहरुले खाजा खाइरहेका बेला सो विस्फोट भएको थियो ।
विस्फोटमा परी मारिनेमा बिहानै २० जना पुगेका थिए तर शनिबार दिनभरमा यो सङ्ख्या बढ्न पनि सक्छ– सो जिल्लाका एकजना वरिष्ठ प्रहरी अधिकारी सिमा अलाभाले जानकारी दिए ।
सो रेष्टुरेन्ट स्थानीयहरुबीच निकै लोकप्रिय रहेको र बिहानैदेखि खाजाका लागि ठूलो भीडभाड लागेको थियो । सोही कारण पनि मारिनेको सङ्ख्या धेरै भएको उनले बताए । उनले भने,– नागरिक धेरै जना र गम्भीर रुपमा घाइते छन् त्यसैले पनि मृत्यु हुनेको सङ्ख्या यतिधेरै पुगेको हो र मृत्यु हुने अरु बढ्न पनि सक्छन् ।
विस्फोट भएको ग्यासको सिलिन्डरले उक्त रेष्टुरेन्टलाई पूर्ण रुपमा क्षति पु¥याई छिमेकी घरमा समेत पुगेर उक्त घरलाई पनि क्षति पु-याएको प्रहरीले जनाएको छ ।
भारतमा यसरी घर घरमा खाना पकाउन प्रयोग हुने ग्यासका सिलिन्डरहरु पड्किने समस्या सामान्यजस्तै भएको छ । तर यस्ता दुर्घटनाहरु बढिरहदा पनि सुरक्षाका मापदण्ड भने सुधार नगरिएको बताइन्छ । रासस/एएफपी