२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनी राखिएको तीन वटा ट्रकमा आगजनी



अ+ अ-

बारा, भदौ २६ । बाराको मनहरा गाविसस्थित रिलाइन्स सुगर मिलबाट उत्पादित ३२ लाख रुपैयाँ बराबरको चिनी राखिएको तीन वटा ट्रकमा शनिबार बिहान आन्दोलनकारीको समूहले आगजनी गरेको छ ।

चिनी काठमाडौँ पठाउनका लागि ना४ख २९२७, ना५ख ८७६१ र ना५ख २९९५ तीन ट्रकमा ३२ लाख रुपैयाँ बराबरको एक हजार २७० बोरा राखिएको थियो ।

ती ट्रक मनहराबाट पिलुवा हुँदै काठमाडौँतर्फ जाने क्रममा २५/३० जना आन्दोलनकारीले चिनी मिलदेखि करिब तीन किमी टाढा रोकी क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त आगजनीमा परी ना५ख ८७६१ र २९९५ नम्बरका दुई ट्रकमा पूर्ण रुपले क्षति पुगेको छ ।

सो घटनामा उमेश यादवको नेतृत्वमा रहेको संघीय मधेसी मोर्चा समूहले जिम्मेवारी लिएको थाहा भएको छ । रासस