२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बुलेन्स तोडफोडको विरोध गर्दै चालकहरु आन्दोलित, एम्बुलेन्स नचलाउने निर्णय



अ+ अ-

मोरङ, भदौ २६ । बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड तथा चालकमाथि भएको हातपातको विरोध गर्दै एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन् । एम्बुलेन्स चालकले सुरक्षाको प्रत्याभूति नहुँदासम्म विराटनगर–रंगेली सडकखण्डमा एम्बुलेन्स सञ्चालन नगर्ने निर्णय पनि गरेका छन् ।

एम्बुलेन्स चालक संघ, मोरङका सचिव चन्द्र पराजुलीले बन्दकर्ताले एम्बुलेन्समाथि तोडफोड र चालकलाई दुव्र्यवहार गर्न थालेपछि सुरक्षाको प्रत्याभूति नभएसम्म एम्बुलेन्स नचलाउने निर्णय गरिएको जानकारी दिए ।

बन्दकर्ताले सो सडकखण्डअन्तर्गत को१च ४२६५ नम्बरको नेपाल रेडक्रस सोसाइटी मोरङको एम्बुलेन्स तोडफोड भएपछि उनीहरु आन्दोलित भएका हुन् ।

मोरङको कटहरी, कर्सिया, रङ्गेली र दर्वेशालगायतका स्थानमा जाँदा आन्दोलनकारीले चालकमाथि दुव्र्यवहार गर्ने गरेको मोरङ एम्बुलेन्स चालक संघले जनाएको छ । मोरङमा १२५ वटा एम्बुलेन्स सञ्चालनमा रहँदै आएका छन् ।