२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुमति नलिइ सञ्चालनमा रहेका विद्यालयको दर्ता खारेज प्रक्रिया सुरु



अ+ अ-

भक्तपुर, भदौ २५ । जिल्ला शिक्षा कार्यालय भक्तपुरले अनुमति नलिइ सञ्चालनमा रहेका १५ विद्यालयको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ ।

कार्यालयले सूचना जारी गर्दै अनुगमनका क्रममा अनुमति बिना सञ्चालन भइरहेको, नियमानुसार पूर्वाधार नभएको, तोकिएको मात्रामा विद्यार्थी संख्या अपुग भएको विद्यालय खारेज गर्ने प्रक्रिया सुरु गरेको हो ।

खारेजीका लागि प्रक्रिया सुरु गरेको विद्यालयमा चाँगुको चाँगुनारायण ई स्कुल, दुवाकोट सरस्वतीखेलस्थित मातृभूमि शिक्षा सदन, बागेश्वरीको बागेश्वरी इस्ट प्वाइन्ट ई. स्कुल, कटुञ्जेको सिम्फोनी एकेडेमी, बालकोटको सिद्धार्थ निकेतन, मध्यपुर थिमि नगरपालिका–१५, गट्ठाघरको पूजा ई. स्कुल र मथिनपा–१७ को विराट ई. स्कुल रहेका छन् ।

त्यसैगरी गणेश ई स्कुल, मथिनपा–२ बोडे, चक्रवर्ती हवी एजुकेसन फाउन्डेसन, मथिनपा–३, ग्रेसलैन्ड पब्लिक स्कुल भक्तपुर नगरपालिका–१५ इटाछें, जुन ई स्कुल भनपा–१० व्यासी, सिद्धिदास मावि भनपा–१४ गपली, लक्ष्मी विद्यामन्दिर भनपा १०–व्यासी, विनायक विद्याश्रम भनपा–१ कमलविनायक र सहिद स्मृतिमा वी भनपा–११ भेलुखेलको दर्ता खारेजी प्रक्रिया सुरु गरेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए ।

जिशिअ शर्माले कुनै प्रकारले नियमानुसार सञ्चालन भइरहेको र खारेज गर्नु नपर्ने कारण भए १५ दिनभित्र प्रमाणसहित कार्यालयमा उपस्थित भई लिखित जवाफ दिन अनुरोध गरिएको अन्यथा नियमानुसार ती विद्यालयको दर्ता खारेज हुने बताए रासस