२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पोखरा,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पताल सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एप्पलको आइफोन–६ एस र आइफोन–६ एस प्लस सार्वजनिक, यस्ता छन् विशेषता



अ+ अ-

काठमाडौं, भदौ २४ । एप्पलले ‘आइफोन–६ एस’ र ‘आइफोन–६ एस प्लस’ लन्ज गरेको छ ।

कम्पनीले अमेरिकाको सन फ्रान्सिस्कोमा एक विशेष कार्यक्रम गरी यी दुईसँगै १२.९ इन्चको आइप्याड ‘प्रो’ र एप्पल टीभी पनि सार्वजनिक गरेको हो ।

आइफोन–६ एस र आइफोन–६ एस प्लसमा ‘थ्रीडी टच’ नामक फिचर छ । जसले स्क्रिनमा कति दबाब पारिएको छ भन्ने जानकारी दिन्छ ।

यसको मुख्य क्यामेरा १२ मेगापिक्सल र फ्रन्ट क्यामेरा ५ मिगापिक्सलको रहेको छ ।

आइफोन–६ एसमा ४ हजार भिडियो रेकर्ड गर्न सकिन्छ । ६ एसको डिस्प्ले ४.७ इन्च र ६ एस प्लसको डिस्प्ले ५.५ इन्च छ ।

कम्पनीले चार रंग सिल्भर, गोल्ड, स्पेस ग्रे र रोज गोल्डको आइफोन बजारमा ल्याएको छ । यसको मूल्यको बारेमा भने आधिकारीक जानकारी दिइएको छैन ।

ठूलो आइप्याड पनि सार्वजनिक
एप्पलले ल्याएको आइप्याड ‘प्रो’को डिसप्ले १२.९ इन्चको रहेको छ, जुन उसको पछिल्लो सबै मोडलको भन्दा ठूलो हो ।

कम्पनीका अनुसार यो नोभेम्बरबाट बजारमा आउने छ । यो एक पटक चार्ज गरेपछि १० घन्टा ब्याकअप दिन्छ । यसको तौल ७१२ ग्राम रहेको छ ।

एप्पलको टीभी पनि आयो
एप्पलको टीभीमा एप्स पनि हुनेछ । यसको आफ्नै ऐप स्टोर र अपरेटिङ सिस्टम पनि हुनेछ ।

यसलाई चलाउन कम्पनीले एक विशेष किसिमको रिमोट बनाएको छ, जुन ‘टस सेन्सेटिभ’ हुनेछ र जसमा माइक्रोफोन पनि हुनेछ, जसले तपाइँको आवाजबाट पनि टीभीले काम गर्नेछ ।

आइफोनमा रहेको ‘सीरी’ नामक ‘भर्चुअल असिस्टेन्ट’ यस टीभीमा राखिएको छ । जसले तपाइँको इच्छाअनुसार फिल्म, टेलिश्रृंखला र भिडियो गेम चलाउँछ ।