२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लघुवित्तका पिता’ पन्तको निधन



अ+ अ-

काठमाडौं, भदौ २२ । नेपालको लघुवित्तका पिता भनेर चिनिने डा. हरिहरदेव पन्तको ७२ वर्षको उमेरमा निधन भएको छ ।

फोक्सोको क्यान्सरका कारण बिरामी पर्नुभएका पन्तको काठमाडौँको अनामनगरमा रहेको आफ्नै निवासमा सोमबार बेलुका निधन भएको हो ।

नेपालमा लघुवित्त भित्र्याउने श्रेय पाएका पन्तलाई सरकारले ‘फादर अफ माइक्रो फाइनान्स’ भनेर सम्मान पनि गरेको थियो । उनको अवधारणा र नेतृत्वमा नेपालमा निर्धन उत्थान बैंक पहिलो लघुवित्त बैंककको रुपमा स्थापना भएको हो ।

नेपाल राष्ट्र बंैकका पूर्व डिपुटी गभर्नरसमेत रहेका पन्तले राष्ट्र बैंकमा रहेका बेला र निर्धन उत्थान बैंकको स्थापनापछि पनि नेपालको गरिबी निवारण र वित्तीय संस्थामा गरिबको पहुँच बढाउन ठूलो योगदान गरेका थिए ।

डा. पन्तसँग झन्डै दुई दशकसँगै काम गरेका लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश शर्मा नेपालमा लघुवित्तको जुन विकास भएको छ, त्यसको मुख्य श्रेय उनलाई नै जाने बताउँछन् ।

बङ्लादेशमा लघुवित्तले गरेको उदाहरणीय काम हेरेर स्वदेश फर्केपछि उनले सुरु गरेको लघुवित्त अभियान अहिले दर्जनाँै लघुवित्त बैठकमार्फत चलिरहेको छ भने लाखाँै ग्रामीण बासिन्दा लाभान्वित भएका छन् । रासस