२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो मुलुकतर्फ चेली बेचिने क्रम बढ्दो



अ+ अ-
फोटो: एजेन्सी

पर्वत, भदौ २१ । पछिल्लो समयमा चीन, कोरिया, खाडी र अफ्रिकी मुलुकमा नेपाली चेलीबेटी बेचबिखन हुने क्रम बढेको पाइएको छ ।

केही वर्षअघिसम्म भारतका कोठीमा नेपाली चेली बेचबिखन हुने गरेकामा पछिल्लो समयमा खाडीलगायतका तेस्रो मुलुकमा बेचबिखन बढेको हो ।

भारतमा लैजानेका विरुद्ध विभिन्न क्षेत्रबाट कडाइ हुन थालेपछि पर्वतलगायतका जिल्लाबाट रोजगारीको प्रलोभनमा तेस्रो मुलुकमा बेचबिखन हुन थालेको हो । खाडी मुलुक, अफ्रिकामा हेरविचार गर्ने सुसारे, घरेलु कामदार, डान्सबार, डिस्कोमा लगाउन महिलालाई पठाउने गरिएको यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले चेतना र आर्थिक अभावका कारण पनि महिला बेचबिखनमा परेकाले सचेतना जगाउन जरुरी भएको बताए ।

तेस्रो मुलुकमा हुने महिलाको बेचबिखन रोक्नका लागि गाउँ तहसम्म जनचेतना जगाउन आवश्यक भएको उनको भनाइ थियो ।

नेपाल प्रहरीले गरेको अनुसन्धानका क्रममा यस्तो मुलुकमा जाने महिला बढी यौन हिंसामा पर्ने र जोखिमपूर्ण काममा लगाउने गरिएको छ ।

‘रोजगारीको राम्रो अवसर देखाउँदै तेस्रो मुलुकमा बेचबिखन हुने महिलालाई यौन क्रियाकलापमा समेत लगाउने गरिएको छ’–जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रमुख प्रहरी नायब उपरीक्षक गंगा पन्तले भनिन्–‘झुक्याएर दलालले पठाउने र त्यहाँ पुगेपछि यौन क्रियाकलापमा लाग्न बाध्य पारिँदै आएको छ ।’

जिल्लामा राहदानी लिन आउनेलाई वैदेशिक रोजगारीका अवसर र जोखिमका बारेमा जानकारी गराउने उद्देश्यसमेत राखिएको उनले बताइन् । रासस




भर्खरै