२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

गच्छदार बैठकमै रोएपछि…



अ+ अ-

काठमाडौं, भदौ २१ । संघीय लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरुको आइतबार बसेको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार रोएका छन् ।

राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग मोर्चाको भावी रणनीति तय गर्न बसेको अनौपचारिक बैठकमा मुलुक बचाउन नसकेको भन्दै गच्छदार रोएिका समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

गच्छदारलाई उद्यृत गर्दै स्रोतले भन्यो–‘तीन दलका शीर्ष नेताहरुले मेरो कुरा नबुझेका कारण मुलुक दुर्घटनातर्फ अघि बढ्दैछ ।’

आफूले थारु, मधेसीको गाली पचाएको, पार्टी विभाजनको संघारमा पुगेको तर प्रमुख तीन दलले कुरै नबुझेको उनले बैठकमा बताएका थिए ।

उनले भनेका थिए–‘अन्ततः उनीहरुले मलाई बाइपास गर्दै संविधानको विधयेकमा संसोधन दर्ता गराए । उनीहरुको यो कार्यले राष्ट्र ठूलै दुर्घटनामा पर्नेछ ।’




भर्खरै