२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान भदौमै ल्याउने तयारी



अ+ अ-
फोटोः एजेन्सी ।

काठमाडौं, भदौ २१ । संविधानसभा सचिवालयले भदौभित्रै नयाँ संविधान जारी गर्ने गरी संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेको छ ।

संविधानसभाको दुई तिहाइले पारित गर्ने संविधान सभाध्यक्षबाट प्रमाणित भएपछि संविधानसभाले नै गर्ने विशेष समारोहबीच राष्ट्रपतिबाट जारी हुनेछ ।

संविधान जारी गर्ने राष्ट्रिय समारोह संविधानसभामै गर्ने तयारी सुरु भएसकेपनि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले उपयुक्त दिन र समयसहित राष्ट्रपतिलाई औपचारिक निमन्त्रणा पठाउन भने बाँकी रहेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

संविधानसभाले निर्माण गरेको संविधान जारी गरेको बेहोरामा हस्ताक्षरगरी राष्ट्रपतिले ‘नेपालको संविधान’ सार्वजनिक गर्ने समारोह भदौ मसान्तमा हुन सक्ने संविधानसभा सचिवालयका अधिकारीहरुको आँकलन छ ।

संसोधनसहितको दफाबार छलफलका लागि सभाध्यक्ष नेम्वाङले मंगलबार बिहान ११ बजे संविधानसभा बैठक डाकेका छन् ।