२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभी पीआर लिने ६२ कर्मचारीले जागिर छोड्दै : मन्त्री पण्डित



अ+ अ-

काठमाडौ, भदौ १९ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डीभी र पीआरकै कारण जागिर छोड्ने र छोड्न चाहनेको संख्या ६२ जना पुगेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लबको कार्यक्रममा मन्त्रीे पण्डितले डिभी र पीआरकै कारण जागिरबाट राजिनामा दिनेको संख्या ४ रहेको, त्याग्नेको संख्या १०, परिवारसँग डीभीपीआर भएको जानकारी दिने ७, परित्याग गर्न चाहेको १० जानकारी दिए ।
उनले भने–‘संविधान बनेपछि राजनीतिज्ञलाई पनि कारवाही हुन्छ । डीभी पीआर लिनेहरुमा महाविपत्ति आईसकेको छ ।’
संयुक्त सरकारको बाध्यताका कारण पेन्सन रोक्न नसकेको जानकारी दिदै उनले प्रहरी, सेना, टेलिकम र विश्वविद्यालयमासमेत पीआर र डीभीको विषयमा परिपत्र गरिसकेको बताए । संविधान जारी भएपछि प्रधानमन्त्रीको कार्यालयदेखि जहाँ पनि बसिरहेका राजनीतिज्ञहरुमाथि पनि कारवाही हुने दावी गरे ।

थारु नेता धनिरामको बर्खास्ती हुने
मन्त्री पण्डितले सरकारी कर्मचारी भएर थरुहटको आन्दोलनको नेतृत्व गरिरहेका
धनिराम चौधरीलाई जागिरबाट बर्खास्तीसम्म हुनसक्ने बताए । उनले भने, ‘चौधरीलाई कारवाहीको प्रक्रिया सुरु भइसकेको छ । बर्खास्तीसम्म हुनसक्छ ।’ बताए ।
नयाँ संविधानमा कर्मचारीहरुको ट्रेड यूनियन अधिकार नखोसिने भन्दै हडताल गर्न पाउने अधिकार भने नहुने स्पष्ट पारे ।