२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दुकसँग सेल्फी खिच्ने क्रममा गोली लागी युवकको मृत्यु



अ+ अ-

काठमाडौं, भदौ १९ । अमेरिकाको हटसन सहरमा बन्दुकसँग सेल्फी खिच्ने क्रममा एक युवकको गोली लागी मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

टेक्सासका १९–वर्षीय डेलियन एलेन्सो स्मिथले मंगलबार दिउँसो हटसन दक्षिणपश्चिम इलाकामा अवस्थित एउटा अपार्टमेन्टमा बन्दुकको नाल आँफ्नो घाँटीमा तेर्साइ फोटो लिँदैगर्दा अकस्मात बन्दुक पड्किएपछि मृत्यु भएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट स्मिथले एउटा बन्दुक पाएपछि बन्दुकले आँफ्नो घाँटीमा ताक्र्दै सेल्फी (फोटो) लिँदै थिए ।

तर, अकस्मात बन्दुक पड्किएपछि उनको मृत्यु भएको थियो । सेल्फी अनलाइन पोर्टलमा राख्नका लागी खिचिएको हुनसक्ने प्रहरीले जनाएकोे छ ।

स्मिथले फोटो लिँदै गर्दा उनका भतिज भने सँगै रहेको अर्को कोठामा बसिरहेको बुझिएको छ । (एजेन्सी)