२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनकारीद्धारा ३५ बोरा आलु नियन्त्रणमा



अ+ अ-
फाइल फोटो

महोत्तरी, भदौ १९ । आन्दोलनकारीले शनिबार एकाबिहानै महोत्तरीको सदरमुकाम जलेश्वरमा ३५ बोरा आलु नियन्त्रणमा लिएका छन् ।

बन्दको बेला कालोबजारी गर्ने उद्देश्यले आठ/१० वटा साइकलमा भारतबाट जलेश्वर ल्याइएका ३५ बोरा आलु आन्दोलनकारीले साइकलसहित नियन्त्रणमा लिएका हुन् ।

अनिश्चितकालीन मधेस बन्द रहेको बेला बर्दिबास र जनकपुरका ठूला व्यापारी र कालोबजारी गर्नका लागि साइकलमा ढुवानी गरी आलु पुर्‍याइने गरेको आरोप लगाउँदै आन्दोलनकारीले आलु नियन्त्रणमा लिएका हुन् ।

साइकलमा आलु लिएर आएकालाई आन्दोलनकारीले रोक्नासाथ साइकल र आलु छाडेर उनीहरु भागेका छन् । उनीहरुले विगत पाँच/६ दिनदेखि नेपाली व्यापारीको आलुको ट्रक भारतमा राखिएको ठाउँबाट दुई/तीनवटा बोरा एउटा साइकलमा हाली पालैपालो नेपाल ल्याउने गरेका थिए ।

आन्दोलनकारीले उनीहरुलाई पटकपटक चेतावनी दिँदा पनि भारतबाट आलु ढुवानी गर्न नछाडेपछि शुक्रबार बिहान आन्दोलनकारीले एकैसाथ ३५ बोरा आलु र १२ थान साइकल नियन्त्रणमा लिएको बताएका छन् ।